नुवाकोटमा थप १ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नुवाकोटमा शुक्रवार थप १ जनामा कोरोना संक्रमण देखिएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणका क्रममा १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

यो सँगै नुवाकोटमा संक्रमितको संख्या १७ पुगेको छ ।

त्यस्तै नेपालमा बितेको २४ घण्टामा थप ५ सय ९३ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ ।

हालसम्म २ हजार ६ सय ९८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । बितेको २४ घण्टामा देशका विभिन्न अस्पतालबाट ८ महिला र ४० पुरुष गरी ४८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?