मोरङमा सवारी दुर्घटना, ३ जनाको मृत्यु

काठमाडौं । मोरङको कानेपोखरीमा भएको सवारी दुर्घटनामा परि एक महिलासहित अन्य २ जना पुरुषको मृत्यु भएको छ ।

गए राति झापाको दमकबाट इटहरीतर्फ जाँदै गरेको बा १४ च ९६४३ नम्बरको स्कोरपिओले सडकमा पैदल हिँड्दै गरेकी महिलालाई ठक्कर दिएको थियो । अनियन्त्रित भएको स्करपिओले फेरि विपरीत दिशाबाट आउँदै गरेको मे१०प २७५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार स्कारपिओले ठक्कर दिएकी महिलाको घटनास्थलमै मृत्यु भएको र उनको पहिचान खुल्न नसकेको प्रहरीको भनाइ छ ।

पाँचथरको फिदिमनगरपालिका–२ का अन्दाजी ३८ वर्षीय गजेन्द्रबहादुर गुरुङ मोटरसाइकल चालक र त्यसमा पछाडि सवार झापा बाह्रदशी गाउँपालिका–४ का ३१ वर्षीय लोकेन्द्रबहादुर लिम्बुको मृत्यु भएको भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापश्चात स्कारपिओका चालक सुनसरीको इटहरी उपमहानगरपालिका–४ का ४५ वर्षीय महेन्द्रबहादुर थापालाई पक्राउ गरी अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?