कोरोना अपडेटः विश्वभर ९६ लाख २७ हजार नाघे संक्रमित, कुन देशको अवस्था कस्तो ? (विवरणसहित)

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण यो समाचार तयार पार्दासम्म ४ लाख ८७ हजार ४ सय ३८ जनाले ज्यान गुमाएका छन् । हालसम्म ९६ लाख २७ हजार ३ सय १५ जनामा कोरोना संक्रमण देखिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । हालसम्म ५२ लाख ३२ हजार ८२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ५७ हजार ३ सय ४४ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

संयुक्त राज्य अमेरिकामा बितेको २४ घण्टामा १७ हजार ३ सय ८७ जनामा कोरोना संक्रमण देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकाका १ लाख २४ हजार ५ सय ४४ जनाको कोरोनाको कारण ज्यान गएको छ । हालसम्म २४ लाख ७९ हजार ९ सय ४१ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये १० लाख ४२ हजार २ सय ४० जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । त्यस्तै बितेको २४ घण्टामा थप २ सय ६३ जनाको ज्यान गएको र संक्रमितमध्ये १५ हजार ५ सय ८४ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

त्यस्तै ब्राजिलमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ५४ हजार ४ सय ३४ पुगेको छ । बितेको २४ घण्टामा १५ हजार २ सय ४७ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या १२ लाख ७ हजार ७ सय २१ पुगेको छ । हालसम्म ६ लाख ४९ हजार ९ सय ८ जनामा कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा ब्राजिलमा कोरोनाको कारण ५ सय ६० जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै रसियामा बितेको २४ घण्टामा ७ हजार १ सय १३ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ६ लाख १३ हजार ९ सय ९४ पुगेको छ । यो समाचार तयार पार्दासम्म रसियामा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ८ हजार ६ सय ५ पुगेको छ । हालसम्म ३ लाख ७५ हजार १ सय ६४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये २ हजार ३ सयको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १५ हजार ३ सय ३ पुगेको छ । यो समाचार तयार पार्दासम्म ४ लाख ८९ हजार ९ सय ६० जनामा कोरोना संक्रमण देखिएको अवस्थामा बितेको २४ घण्टामा मात्र १६ हजार ९ सय ७५ जनामा कोरोना संक्रमण देखिएको छ । बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ३ सय ९६ जनामा कोरोनाको कारण ज्यान गएको र संक्रमितमध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

त्यस्तै बेलायतमा यो समचार तयार पार्दासम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ४३ हजार २ सय ३० पुगेको छ । बितेको २४ घण्टामा १ हजार १ सय १८ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ३ लाख ७ हजार ९ सय ८० पुगेको छ । त्यस्तै संक्रमितमध्ये ३ सय ११ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

त्यस्तै स्पेनमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २८ हजार ३ सय २७ पुगेको छ । हालसम्म २ लाख ९४ हजार १ सय ६६ जनामा कोरोना संक्रमण देखिएको अवस्थामा संक्रमितमध्ये ६ सय १७ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

त्यस्तै इटालीमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २४ हजार ६ सय ७८ पुगेको छ । बितेको २४ घण्टामा २ सय ९६ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या २ लाख ३९ हजार ७ सय ६ पुगेको छ । हालसम्म १ लाख हजार ७ सय २५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १८ हजार ३ सय ३ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण इटालीमा ३४ जनाले ज्इान गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?