काठमाडौं । प्रदेश नं १ बाट आज ७० जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँ मोरङ कोभिड-१९ आइसोलेशन केन्द्रमा उपचाररत ७० जना डिस्चार्ज भएका हुन् ।
डिस्चार्ज हुनेमा मोरङका १२, झापाका २९, सुनसरीका २०, इलामका दुई, उदयपुरका चार, पाँचथर, भोजपुर र ताप्लेजुङका एक-एक जना छन् । आज डिस्चार्ज हुने जेठ २५ देखि ३० गतेसम्म भर्ना भएका १५ देखि ४८ वर्ष उमेर समूहका रहेका छन् ।
डिस्चार्ज भएकाहरूलाई पूर्वाञ्चल विश्वविद्यालयका चिकित्साशास्त्र सङ्कायका डीन डा शैलेशमणि पोखरेल, स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेत लगायतले बिदाइ गरे ।
प्रदेश नं १ बाट उपचारपछि डिस्चार्ज हुनेको सङ्ख्या ३५५ पुगेको छ भने यो प्रदेशमा आज सात जना सङ्क्रमित थपिएको छ । तीमध्ये मोरङका एक, सुनसरीका दुई र झापाका चार जना छन् । प्रदेश नं १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ५०५ पुगेको स्वास्थ्य कार्यालयका प्रमुख बस्नेतले जानकारी दिए ।
- रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया