केबलकार बनाउन खुत्रुके अभियान

डोटी, ९ फागुन — ‘थोपा–थोपा मिलेर समुद्र’ भनेझैं पर्यटकीय गन्तव्य खप्तडमा केबलकार सञ्चालन गर्ने उद्देश्यले सुरु गरिएको १० रुपैयाँ खुत्रुके अभियानमा विद्यार्थीले सहयोग गर्न थालेका छन् स्कुले बालबालिकाहरूले आफ्नो खाजा खर्च घटाएर उक्त रकम खुत्रुकेमा जम्मा गर्न थालेका हुन् । दिपायल सिलगढी नगरपालिका–४ का वडाअध्यक्ष तथा डोटी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष वीरेन्द्र शाहले खुत्रुक्के अभियान सुरु गरेका थिए । ‘सानो–सानो रकमले पनि ठूल्ठूला योजना बनाउन सकिन्छ,’ अभियन्ता शाहले भने, ‘सातौं दिनसम्म आउँदा उत्साह बढाएको छ ।’अभियानमा साना बालबालिकादेखि वृद्धवृद्धासम्मले साथ दिइरहेका छन्, कान्तिपुरमा खबर छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?