काठमाडौं । अब प्रवचन, सम्बोधन र कार्टुनजस्ता सार्वजनिक अभिव्यक्तिमा प्रतिलिपी अधिकार (कपीराइट) सुरक्षित गर्नका लागि सरकारले कानून संशोधन गर्ने भएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले प्रतिलिपी अधिकार ऐन २०५९ को संशोधन विधेयकमा प्रवचन, सम्बोधन, अनुवाद र कार्टुन तथा रचनामा समेत प्रतिलिपी अधिकार सुरक्षित रहने प्रस्ताव गरेको हो ।
नेपालको प्रतिलिपी अधिकार ऐनलाई प्रतिलिपी अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अभिसन्धी र वर्न महासन्धि अनुरुप बनाउन संशोधन विधेयक ल्याएको जनाइएको छ ।
त्यस्तै हाल व्यवस्था भएअनुसार नै समाचारमा कपीराइट नलाग्ने प्रावधानलाई नै निरन्तरता दिइएको छ । राष्ट्रिय सभामा दर्ता भएको प्रतिलिपि अधिकार ऐन संशोधन विधेयकले समाचारलाई कपीराइट नलाग्ने प्रावधानलाई निरन्तरता दिएको हो ।
कस्ता कुरामा कपीराईट लाग्छ ?
विभिन्न अप्रकाशित रचनाको सन्दर्भमा
विभिन्न किसिमका अप्रकाशित रचनाका सन्दर्भमा प्रस्तावित विधेयकले पनि प्रतिलिपी अधिकार आकर्षित हुने व्यवस्था गरेको छ ।
यसअघि प्रकाशित रचनामा प्रतिलिपी अधिकार धनीको मृत्यु भएको ५० वर्षसम्म अधिकार रहने व्यवस्था थियो, तर अप्रकाशित रचनाको हकमा केही उल्लेख थिएन ।
रोयल्टी शब्दलाई परिभाषित
उक्त संशोधन विधेयकले पहिलो पटक रोयल्टी शब्दलाई परिभाषित गरेको छ । तर यसअघि भने प्रतिलिपी अधिकार ऐनमा रोयल्टी शब्दबारे उल्लेख नै थिएन ।
रोयल्टीको परिभाषामा भनिएको छ, ‘प्रतिलिपी अधिकारसम्बन्धी रचनाको सार्वजनिक रुपमा प्रयोग गरेवापत रोयल्टी संकलन संस्थामार्फत प्रतिलिपी अधिकार धनीले प्राप्त गर्ने रचनाको मूल्य वा समन्यापियक लाभ सम्झनुपर्छ’ ।
दृष्टिविहीनहरुले अध्ययन गर्ने सामाग्रीको सन्दर्भमा
उक्त संशोधन विधेयक प्रस्तावमा दृष्टिविहीन र दृष्टि क्षमता न्यून भएका व्यक्तिका लागि कुनै रचना तथा सामाग्रीहरु उत्पादन तथा वितरण गरेतापनि कपी राइट नलाग्ने व्यवस्था गरिएको छ ।
उक्त संशोधन प्रस्तावित विधेयकमा भनिएको छ, ‘दृष्टिविहीन, दृष्टि क्षमता न्युन भएका तथा मुद्रित सामग्री पढ्न र हेर्न नसक्ने व्यक्तिका लागि प्रतिलिपी अधिकार धनीको आर्थिक अधिकारमा प्रतिकुल असल नपर्ने गरी रचयिता वा प्रतिलिपी अधिकार धनीको स्वीकृति नलिई रचनाको पहुँचयोग्य ढाँचामा तयार, पुनरुत्पादन तथा वितरण गर्न सकिनेछ’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया