मदाने गाउँपालिकाले लगायो केन्द्रको टुङ्गो

गुल्मी । गुल्मीको मदाने गाउँपालिकाले केन्द्र टुङ्गाएको छ । गाउँपालिकाको बुधबार सम्पन्न गाउँसभाले मदाने गाउँपालिका –६ छिर्नेमा गाउँपालिकाको केन्द्र निर्धारण गर्ने निर्णय सर्वसम्मत पारित गरेको हो ।

स्थानीय तहको निर्वाचन भएको लामो समयसम्म पनि केन्द्र नटुङ्ग्याउँदा पालिकाका नागरिकलाई समस्या भएकाले गाउँसभाबाटै केन्द्र टुङ्गो लगाइएको गाउँपालिकाका सूचना अधिकारी ऋषि पोखरेलले जानकारी दिए ।

गाउँपालिकाको भवन बनाउनका लागि यसअघि नै पाँच रोपनी जग्गा प्राप्त भइसकेको छ । अहिले थप पाँच रोपनी गरी कुल १० रोपनी जग्गा भवन बनाउन निः शुल्क प्राप्त भएको छ । गाउँपालिकाको प्रशासकीय भवन बनाउनका लागि गाउँसभाबाट एक करोड ५० लाखसमेत विनियनोजन गरिएको छ । उक्त रकमले पनि नपुगे प्रदेश वा केन्द्र सरकारबाट रकमको लागि पहल गरिने गाउँपालिकाका उपाध्यक्ष सरिता खड्काले जानकारी दिनुभयो । यससँगै जिल्लाका १२ मध्ये १० स्थानीय तहको केन्द्र टुङ्एिको छ । इस्मा र मालिका गाउँपालिकाको केन्द्र भने अझैसम्म टुङ्गो लाग्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?