नाल्मा गैरीगाउँमा एक घर एक धारा

लमजुङ । बेँसीशहर नगरपालिका –५ नाल्मा गैरीगाउँमा एक घर एक धारा जडान गरिएको छ । नगरपालिकाले सो अभियानलाई तीव्रता दिँदै ४२ घरधुरी रहेको नाल्मा गैरीगाउँमा घरघरै धारा पुर्याएको छ ।

एक घर एक धारा खानेपानी आयोजनाको बुधबार उद्घाटन गर्दै नगरपालिका प्रमुख गुमानसिंह अर्यालले खानेपानीको अभाव र समस्या भएका सबै ठाउँमा नगरपालिकाले सहयोग गर्ने बताउनुभयो ।

वडाध्यक्ष अध्यक्ष बमबहादुर गुरुङले घरघरमै धारा जडानले वडाबासीको समय बचत हुनाका साथै सहज बनाएको बताए ।

पहिला सार्वजनिक धारामा सबै गाउँलेले पालो कुरेर पानी भर्ने गरेकामा अहिले घरमै धारा जडान गरेर पानी प्रयोग गर्न पाउँदा धेरै खुशी लागेको स्थानीयवासी मनराज परियारले बताए ।

नगरपालिकाले चालु वर्षको बजेट आठ लाख रुपैयाँ र श्रमदान दुई लाख ८१ हजार रुपैयाँ बराबर गरी १० लाख ८१ हजार रुपैयाँमा गैरीगाउँमा घरघरमै खानेपानीको धारा पुर्याएको हो ।

एक घर एक धारा अभियानबाट ४२ घरपरिवार लाभान्वित भएका छन् । उक्त वडामा गत वर्ष दलितबस्तीका १९ घर र घरेडीकोँका नौ घरमा एक घर एक खानेपानी जडान गरिएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?