भुटानमा बुधबार थप एक जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । दक्षिण एसियाको भूपरिवेष्ठित यो देशमा बुधबार एक जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै भुटानमा संक्रमितको संख्या ७० पुगेको समाचारमा जनाइएको छ ।
त्यसमा पनि २१ जना निको भइसकेका छन् भने ५५ जनाको उपचार भइरहेको छ । भुटानमा हालसम्म कोरोनाबाट कुनै मानवीय क्षति भएको छैन ।
भुटानले कोरोना संक्रमण फैलन नदिन देशभित्र व्यापक सजगता अपनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया