पोखराका ४ जनामा कोरोना संक्रमण

काठमाडौं । पोखरा महानगरपालिकाका ४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार पोखरा महानगरपालिकाका ४ जनामा बुधबार संक्रमण पुष्टि भएको हो ।

यस्तै गोरखाका २ र स्याङ्जाका ७ नयाँ संक्रमित पनि थपिएका छन् । बुधवार साँझ थपिएका संक्रमितमध्ये पोखरा महानगरपालिकाका २०, २३, ३० र ३६ बर्षका ४ पुरूष, गोरखाका १५ र ७७ वर्षका २ पुरुष र स्याङजाको गल्याङका २१, २४,२४, २८, २९, ३१ वर्षका ६ जना पुरुष तथा ४२ वर्षीया एक महिला रहेका छन् ।

यससँगै प्रदेशमा संक्रमितको संख्या ७ सय ४२ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?