नेपालमा कोरोना अपडेट : कुन जिल्लामा कति थपिए संक्रमित ? (विवरणसहित)

काठमाडौं – नेपालमा बितेको २४ घण्टामा थप ६ सय २९ जनामा कोरोना भाइरस ‘कोभिड – १९’ संक्रमण पुष्टि भएको छ ।

नयाँ संक्रमितमध्ये १ सय १० जना महिला र ५१९ जना पुरुष छन् । थपिएका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १० हजार ७२८ पुगेको छ ।

नेपालमा कोरोना भाइरसको संक्रमणका कारण अहिलेसम्म २४ जनाको मृत्यु भईसकेको छ भने २ हजार ३३८ जना स्वास्थ्योपचार पछि निको भएका छन् । नेपालमा हिजो (मंगलवार) एकैपटक ५३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । आज मात्रै नेपालमा थप ११४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

आज थपिएकाको विवरण यसप्रकार छ  : 

बिपि कोइराला स्वास्थ्य प्रतिष्ठान धरान प्रयोगशालामा गरिएको परिक्षणमा झापाका १० जना पुरुष

कोशी अस्पताल प्रयोगशालामा गरिएको परिक्षणमा सुनसरीका १ जना पुरुष

प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा झापाका १ जना पुरुष र मोरङका १ जना पुरुष

गजेन्द्र नारायण सिंह राजविराज प्रयोगशालामा गरिएको परिक्षणमा सप्तरीका १ जना महिला र ५ जना पुरुष

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परिक्षणमा धनुषाका ३ जना महिला र १७ जना पुरुष, महोत्तरीका २ जना महिला र १० जना पुरुष र सर्लाहीका १ जना पुरुष

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा अछामका १० जना पुरुष बैतडीका १ जना महिला र ३ जना पुरुष,बाजुराका ७ जना पुरुष डोटीका १० जना महिला र ३८ जना पुरुष,कैलालीका ९ जना महिला र ३९ जना पुरुष, कञ्चनपुरका १६ जना महिला र ६९ जना पुरुष, पर्वतका १ जना महिला र १ जना पुरुष,रौतहटका ९ जना महिला र ३५ जना पुरुष र सर्लाहीका ५ जना महिला र १५ जना पुरुष

त्यस्तै कपिलवस्तुबाट १ महिला

विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट झापाका ४ पुरुष, मोरङका १८ पुरुष, सुनसरीका १ महिला र १ पुरुष, तेह्रथुमका १ पुरुष

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल प्रयोगशालामा गरिएको परिक्षणमा धादिङका २ जना पुरुष, काठमाडौंका १ जना पुरुष

भरतपुर अस्पताल प्रयोगशालामा गरिएको परिक्षणमा चितवनका १ जना पुरुष, तनुँहका १ जना पुरुष र नवलपरासी पूर्वका ३ जना महिला

किटजन्य रोग अनुसन्धान तालिम केन्द्र हेटौडा प्रयोगशालामा गरिएको परिक्षणमा नवलपरासी पूर्वका २ जना पुरुष र पाल्पाका १४ जना पुरुष

पाटन अस्पताल ललितपुरमा गरिएको परिक्षणमा भक्तपुरका १ जना महिला

वीर अस्पताल काठमाडौं प्रयोगशालामा गरिएको परिक्षणमा अछामका १ जना महिला र १२ जना पुरुष

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा गरिएको परिक्षणमा गोरखाका २ जना पुरुष, कास्कीका ४ जना पुरुष

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परिक्षणमा बाग्लुङका ९ जना पुरुष, गोरखाका १ जना पुरुष, कास्कीका ३ जना महिला र २ जना पुरुष,लमजुङका १ जना महिला र ४जना पुरुष,पर्वतका १ जना महिला र स्याङजाका २ जना महिला र ५ जना पुरुष

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा गुल्मीका ५ जना पुरुष, कपिलवस्तुका १ जना पुरुष, पाल्पाका १ जना पुरुष र रुपन्देहीका १ जना महिला

भेरी अस्पताल नेपालगञ्ज प्रयोगशालामा गरिएको परिक्षणमा बाँकेका ९ जना पुरुष,बर्दियाका १ जना पुरुष

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ प्रयोगशालामा गरिएको परिक्षणमा दाङका ६ जना महिला र७० जना पुरुष र प्यूठानका १० पुरुष

सुर्खेत प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परिक्षणमा जाजरकोटका १ जना पुरुष,सुर्खेतका ३ जना महिला र ११ जना पुरुष, दैलेखका ४ जना पुरुष र कालिकोटका १ पुरुष

सेती प्रादेशिक अस्पताल धनगढी प्रयोगशालामा गरिएको परिक्षणमा कैलालीका २९ महिला ७४ जना पुरुष,बाजुराका १ जना पुरुष र कञ्चनपुरका १ जना पुरुष र आजको जम्मा महिला ११० जना र पुरुष ५१९जना गरी जम्मा ६२९ जना संक्रमित भएका छन् ।

कोरोनामुक्त हुनेको विवरण यस्तो छ: 

कोरोना जितेर घर फर्किनेमा जलेश्वर अस्पताल महोत्तरीबाट १ जना महिला , १८ पुरुष, सप्तरीबाट २० पुरुष, सिन्धुलीबाट ३ पुरुष, भरतपुर अस्पताबाट नवलपरासी पूर्वका १ पुरुष र नवलपरासी पश्चिमबाट २ पुरुष र चितवनका ५ महिला र १३ पुरुष रहेका छन् ।

त्यस्तै दमौली अस्पतालबाट १ पुरुष, धौलागिरी अस्पतालबाट बाग्लुङका ४ पुरुष, गोरखा अस्पतालबाट १ पुरुष, जिपि कोइराला तनहुँका ७ जना पुरुष र कालिका अस्पतालबाट १ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो पनि पढ्नुहोस् : 

यस्ता व्यक्तिमा कोरोनाभाइरसको भ्याक्सीननले समेत काम नगर्ने ! 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?