प्युठानमा ३३ हजार कागतीका बिरुवा वितरण

प्युठान । गरीबीको रेखामुनि रहेका यहाँका उपभोक्तालाई कागतीका बिरुवा वितरण गरिएको छ । डिभिजन वन कार्यालयले निःशुल्क रुपमा कवुलियती वनका उपभोक्तालाई कागतीका बिरुवा वितरण गरेको हो ।

जिल्लाभर १८४ कवुलियती वन छन् । तीमध्ये १५० कवुलियती वनका करीव एक हजार उपभोक्तालाई ३३ हजार कागतीका बिरुवा प्रदान गरिएको कार्यालयका प्रमुख राजु क्षेत्रीले जानकारी दिए।

मङ्गलबारदेखि जिल्लाका कवुलियती वनका उपभोक्तालाई बिरुवा वितरण गरिएको छ । आर्थिक वर्ष २०७६/०७७ को वार्षिक स्वीकृत फलफूल प्रबद्र्धन कार्यक्रमअन्तर्गत रु पाँच लाख ६१ हजारको विरुवा वितरण गरिएको हो ।

तीन मिटरको दूरीका फरकमा करीव २५ हेक्टर क्षेत्रफलमा रोपण गरिने छ । यहाँका कवुलियती वनलाई आठ समूहमा विभाजन गरिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?