काठमाडौं । कोरोना भाइरसको विषयलाई लिएर हरेक दिन जसो नै विभिन्न नयाँ नयाँ खोज भईरहेका छन् ।
वैज्ञानिकहरु कोरोना भाइरसविरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिएका छन् । यसैबीच कोरोना भाइरसबाट संक्रमित भएर मृत्युको धेरै खतरामा रहेका ज्येष्ठ नागरिकहरुका लागि सम्भवतः कोभिड-१९ को भ्याक्सीन प्रभावकारी नहुन सक्ने बेलायतका वैज्ञानिकले अनुमान गरेका छन्।
ब्रिटिश सोसाइटी अफ इम्युनोलोजीका अध्यक्ष तथा युसिएलमा इम्युनोलोजी विषयका प्राध्यापक आर्ने अकबरले यसबारे आफ्नो धारणा राख्दै यस्तो बताएका हुन् ।
अकबरले भने, ‘एउटा कुरा स्पष्ट छ कि स्वस्थ ज्येष्ठ नागरिकको शरीरमा पनि सामान्यतः इन्फ्लेमेशन बढी हुन्छ । त्यसैले हामीले यो बुझ्न अति नै आवश्यक छ कि, इन्फ्लेमेशन कहाँबाट आउँछ र ज्येष्ठ नागरिकमा यही इन्फ्लेमेशन कमजोरीसमेत अन्य थुप्रै लक्षणको रुपमा देखिने गर्छ । जब तपाई कोरोना भाइरसद्वारा संक्रमित हुनुहुन्छ तब यो इन्फ्लेमेशन निकै बढ्ने गर्दछ । यस्तोमा वैज्ञानिकले इन्फ्लेमेशन आखिर कहाँबाट आउँछ भनेर पत्ता लगाउनुपर्छ । यो एउटा यस्तो कुरा हो जसबारे हामीले आफ्नो बुझाई विकसित गर्नुपर्नेछ ।’
के हो इन्फ्लेमेशन ?
इन्फ्लेमेशन मानव शरीर जब कुनै संक्रमण वा समस्यासँग लड्नका लागि बढी मिहेनेत गर्छ त्यो प्रक्रियालाई इन्फ्लेमेशन भन्ने गरिन्छ ।
अबकरको भनाई उद्धृत गर्दै बेलायती पत्रिका द गार्डियनले ‘ज्येष्ठ नागरिकलाई भ्याक्सिनका साथै इन्फ्लेमेशन रोक्नका लागि केही अन्य कुरा पनि दिनु पर्नेछ, जस्तै स्टेरोइड ड्रग डेक्सामेथासोन जसले भाइरसका कारण पैदा भइरहेको इन्फ्लेमेशनलाई रोक्न सकोस्, यसको सहयोगबाटकोभिड-१९ द्वारा संक्रमितको ज्यान बचाउन मद्दत पाइएको छ ।’
अकबरका अनुसार यदि ज्येष्ठ नागरिकलाई भ्याक्सीनका साथै स्टेरोइड ड्रग डेक्सामेथासोन दिइएको खण्डमा भ्याक्सीन थप प्रभावकारी हुनसक्नेछ ।
भ्याक्सिनले युवालाई बढी फाइदा पुर्याउने बताउँदै उनले भने, यो सही हुनेछ किनभने जब युवा भाइरसद्वारा संक्रमित हुँदैनन् भने उनीहरुले आफ्नो घरमा भएका ज्येष्ठ नागरिकसम्म भाइरस फैलाउन सक्ने छैनन् । तर ज्येष्ठ नागरिकलाई यसले सीधा असर पार्ने छैन र उनीहरु ती व्यक्तिमध्ये हुन् जो यतिबेला सबैभन्दा गम्भीर परिस्थितीसँग जुधिरहेका छन् ।’
श्रोत बीबीसी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया