कुवेतबाट उद्धार गरी ल्याइएका झापाका ७ महिलामा देखियो कोरोना संक्रमण

काठमाडौं । झापामा आज(मंगलवार) थप १२ जनामा कोरोना संक्रमण देखिएको छ । मंगलवार थपिएका १२ जना संक्रमितमध्ये ७ जना कुवेतबाट उद्धार गरी ल्याएका महिलाहरु रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

त्यस्तै अर्की एक महिला भने केही समयअघि भारतको आसामबाट झापा आइ त्यहाँको स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा बस्दै आएकी थिइन् ।

१२ जना कोरोना संक्रमितमध्ये १ जना पुरुषको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणका क्रममा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै कोसी अस्पतालमा गरिएको परीक्षणका क्रममा ८ जना महिला र १ जना पुरुष रहेका छन् ।

मन्त्रालयका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणका क्रममा झापाका अन्य २ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

नेपालमा आज मंगलवार एकैपटक ५ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १० हजार ९९ पुगेको छ । संक्रमितमध्ये जना महिला जना पुरुष छन् ।
नेपालमा हिजो सोमवार एकैपटक ५३५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । हालसम्म २ हजार २ सय २४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने २४ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?