२ जना मृत अवस्थामा फेला

काठमाडौं । मकवानपुर र झापामा २ जना मृतावस्थामा फेला परेका छन् ।

प्रहरीका अनुसार मकवानपुरको हेटौंडा उपमहानगरपालिका-५ सानोपोखरा बस्ने ३७ वर्षीय पवित्रमान श्रेष्ठ हेटौंडा उपमहानगरपालिका-१ भैरबडाँडास्थित जंगलमा मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी झापाको बिर्तामोड नगरपालिका-४ पौरखी टोलडेरा गरी बस्ने दार्जिलिङ घर भएका ५७ वर्षीय भिम हेमवाङ पनि आफ्नै कोठामा मंगलबार बिहान मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्री भय समाचार कक्षले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?