काठमाडौं । नेपालमा आज (मंगलवार) एकैपटक ५३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १० हजार ९९ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिंगमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले नेपालमा आज एकैपटक ५३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।
उनका अनुसार आज भेटिएका संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु सबै चिकित्सकको निगरानीमा रहेका छन् ।
नेपालमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २४ जनाको मृत्यु भईसकेको छ भने २ हजार २२४ जना स्वास्थ्योपचार पछि निको भएका छन् ।
आज मात्रै नेपालमा उपचार पछि निको भएर घर फर्किनेको संख्या ७६ रहेको छ ।
नेपालमा हिजो (सोमवार) एकैपटक ५३५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया