सिन्धुलीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं । सिन्धुलीमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुधौली नगरपालिका-१ बंकास्थित सडकमा अनटेष्ट लेखेको मोटरसाइकल शुक्रबार राति अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-१० बस्ने २६ वर्षीय जित बहादुर अधिकारीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका अधिकारीलाई उपचारको लागि आमा मेमोरियल अस्पताल डकाहा हुँदै थप उपचारको लागि बिराटनगर न्यूरो अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको छ ।

मोटरसाइकलमा सवार सोही नगरपालिका(२ रतनपुर बस्ने २३ वर्षीय श्याम बहादुर कुमार घाइते भएकाले उपचारको लागि आमा मेमोरियल अस्पताल डकाहा लगिएको छ । मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?