वैदेशिक रोजगारीको दर्दनाक पीडा : जाँदा आकाशमा, आउँदा बाकसमा ! (भिडियोसहित)

काठमाडौं । कोरोनाका कारण अन्तर्राष्ट्रिय उडान बन्द भएपछि आज कतारबाट एकैदिन २० वटा शव नेपाल ल्याइएको छ ।

कतार एयरवेजको चार्टर्ड जहाजले २० जना नेपाली नागरिकहरुको शव र कतारमा अलपत्र परेका ४३ जना नेपालीलाई ल्याएको हो । आज नै कुबेतको जजिरा एयरले पनि २ वटा शव ल्याएको छ ।

https://www.facebook.com/lokpath/videos/262382524851425/?t=42

यस्तै, हिमालय एयरलाइन्सले साउदी अरबबाट एउटा शव ल्याएको छ । कोरोना संक्रमण बढ्दै गएपछि अन्तर्राष्ट्रिय उडानहरु बन्द भएका कारण यसअघि शव ल्याउन सकिएको थिएन् । सरकारले चार्टर्ड विमान मार्फत अलपत्र परेका नेपालीहरु र त्यहाँ रहेका शवहरु नेपाल ल्याइएको हो ।

शवलाई विदेशबाट ल्याउने र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जिल्लासम्म पुर्‍याउने खर्च बैदेशिक रोजगार बार्डले व्यवहोर्नेछ । विभिन्न कारणले विदेशमा मृत्यु भएका आपन्तहरुले काठमाडौं आएर निवेदन दिएपछि बोर्डले निःशूल्क ढुवानी गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?