चीन-भारत सीमा विवाद : संयुक्त राष्ट्रसंघले गर्यो यस्तो अपील

लोकपथ संवाददाता
0
Shares
Berlin, Germany – November 04: Antonio Guterres, High Commissioner for Refugees of UNHCR, attends a press conference in german foreign office on November 04, 2015 in Berlin, Germany. (Photo by Michael Gottschalk/Photothek via Getty Images)

काठमाडौं । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसले भारत र चीनसँग शान्ति कायम राख्न अपील गरेका छन् ।

उनले वास्तविक नियन्त्रण रेखा (एलएसी)मा हिंसा र मृत्युको खबरमाथि चिन्ता व्यक्त गर्दै संयमता अपनाउन बताएका छन् ।

गुटरेसका प्रवक्ताले मंगलवार यस बारेमा जानकारी दिएका हुन् । भारत र भचीनको सीमावर्ती क्षेत्र पूवी लद्दाख घाँटीमा चिनियाँ सैनिक र भारतीय सैनिकका बीच हिंस्रक झडपमा २० भारतीय सैनिक र पाँच चिनियाँ सैनिकको मृत्यु भएको छ ।

साथै ४१ चिनियाँ सैनि घाईते भएका छन् । संयुक्त राष्ट्रसंघका महासचिवका प्रवक्ता एरी केनेकोका अनुसार भारत र चीनको बीचमा वास्तविक नियन्त्रण रेखा (एलएसी) मा हिंसाको विषयलाई लिएर पाइएको खबरमा संयुक्त राष्ट्र संघले गम्भीर दुख व्यक्त गरेको बताएका छन् ।

भारत र चीनको बीचमा सन् १९७५ पछि पहिलोपटक यति ठूलो हिंसा भएको हो । सन् १९७५ मा अरुणञ्चल प्रदेशको तुलुंगमा भीडन्त भएको थियो । त्यहाँ चार भारतीय सैनिकको मृत्यु भएको थियो ।

एजेन्सीको सहयोगमा

चीनले भारतलाई दियो कडा चेतावनी, ‘कुनै गलत कदम नउठाओस्’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?