कोरोना विश्व अपडेटः कुन देशमा कस्तो छ संक्रमणको पछिल्लो अवस्था ? (विवरणसहित)

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड १९) को कारण ज्यान गुमाउनेको संख्या ४ लाख २१ हजार ३ सय ४८ पुगेको छ । यो समाचार तयार पार्दासम्म विश्वभर ७५ लाख ३८ हजार ७ सय ६३ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै हालसम्म ३८ लाख २२ हजार ३ सय ९२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ५३ हजार ९ सय ४ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

संयुक्त राज्य अमेरिकामा कोरोना संक्रमणको असर धेरै देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख १५ हजार ४ सय ७३ जनाको ज्यान गएको छ । बितेको २४ घण्टामा अमेरिकामा ९ हजार ७ सय ८६ जना कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २० लाख ७६ हजार १ सय ८७ पुगेको छ । त्यस्तै हालसम्म ८ लाख ९ हजार ३ सय ७९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १६ हजार ७ सय ९२ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । बितेको २४ घण्टामा मात्र अमेरिकामा ३ सय ४३ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

त्यस्तै ब्राजिलमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ४० हजार २ सय ७६ पुगेको छ । हालसम्म ७ लाख ८७ हजार ४ सय ८९ जनामा कोरोना संक्रमण देखिएको ब्राजिलमा ३ लाख ९६ हजार ६ सय ९२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । त्यस्तै बितेको २४ घण्टामा १२ हजार ३ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको र ४ सय ७९ जनाको ज्यान गएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

रसियामा बितेको २४ घण्टामा ८ हजार ७ सय ७९ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ५ लाख २ हजार ४ सय ३६ पुगेको छ । त्यस्तै हालसम्म ६ हजार ५ सय ३२ जनाको कोरोनाको कारण ज्यान गएको अवस्थामा २ लाख ६१ हजार १ सय ५० जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । बितेको २४ घण्टामा मात्र १ सय ७४ जनाको कोरोनाको कारण ज्यान गएको र संक्रमितमध्ये २ हजार ३ सयको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

त्यस्तै छिमेकी देश भारतमा यो समाचार तयार पार्दासम्म २ लाख ९७ हजार २ सय ५ जनामाा कोरोना संक्रमण देखिएको छ । बितेको २४ घण्टामा कोरोनाको कारण ३ सय ७० जनाको ज्यान गएको र १० हजार ५० जनामा कोरोना संक्रमण पुष्टि भएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । भने हालसम्म १ लाख ४६ हजार २ सय ३८ जना कोरोना उपचारपछि घर फर्किएका छन् भने ८ हजार ४ सय ७७ जनाको कोरोनाको कारण ज्यान गुमाएका छन् । त्यस्तै कोरोना संक्रमितमध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

त्यस्तै बेलायतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ४१ हजार २ सय ७९ पुगेको छ । बितेको २४ घण्टामा १ हजार २ सय ६६ जनामा कोरोना संक्रमण देखिएको र १ सय ५१ जनाको कोरोनाको कारण ज्यान गएको तथ्यांकले देखाएको छ । हालसम्म २ लाख ९१ हजार ४ सय ९ जनामा कोरोना संक्रमण देखिएको छ भने संक्रमितमध्ये ५ सय १६ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै स्पेनमा हालसम्म कोरोनाको कारण २७ हजार १ सय ३६ जनाको ज्यान गएको छ । यो समाचार तयार पार्दासम्म स्पनेमा २ लाख ८९ हजार ७ सय ८७ जनामा कोरोना संक्रमण देखिएको छ भने बितेको २४ घण्टामा मात्र ४ सय २७ जनामा कोरोना पुष्टि भएको छ । भने संक्रमितमध्ये ६ सय १७ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

त्यस्तै इटालीमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३४ हजार १ सय ६७ पुगेको छ । बितेको २४ घण्टामा ३ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको र ५३ जनाको कोरोनाको कारण ज्यान गएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । हालसम्म २ लाख ३६ हजार १ सय ४२ जनामा कोरोना संक्रमण देखिएको छ । भने हालसम्म १ लाख ७१ ह्जार ३ सय ३८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

त्यस्तै पेरुमा यो समाचार तयार पार्दासम्म कोरोनाको कारण ५ हजार ९ सय ३ जनाको ज्यान गएको छ । त्यस्तै हालसम्म २ लाख ८ हजार ८ सय २३ जनामा कोरोना संक्रमण देखिएको अवस्थामा ९८ हजार ३१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये १ हजार ६५ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?