पछिल्लो २४ घण्टामा २५० जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको कुल संख्या ४ हजार ६१४ पुग्यो

काठमाडौं । नेपालमा आज (बिहीवार) एकैपटक २५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ४ हजार ६१४ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डाक्टर जागेश्वर गौतमले नेपालमा आज एकैपटक २५० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

मन्त्रालयका अनुसार आज भेटिएका कोरोना संक्तमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

यसैबीच नेपालमा अहिलेसम्म कोरोना भाइरसको महामारीका कारण मृत्यु भएकाको कुल संख्या १५ रहेको छ भने स्वास्थ्योपचार पछि निको भएकाको संख्या ८६१ पुगेको छ ।

आज मात्रै नेपालमा थप १८७ जनाले कोरोनाविरुद्धको लडाई जितेर घर फर्किएका छन् । नेपालमा हिजो (बुधवार) एकैपटक २७९ जनामा संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?