धादिङमा फेरी थपिए ७ कोरोना संक्रमित

काठमाडौं । धादिङमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकास्थित क्वारेन्टाइनमा रहेका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको धादिङका प्रहरी प्रमुख रविन्द्र रेग्मीले लोकपथलाई बताए ।

रेग्मीका अनुसार उनीहरु सबै भारतबाट आए क्वारेन्टाइनमा बसेका थिए ।

यसअघि बुधवार मात्र धादिङका थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?