काठमाडौं । मकवानपुरमा हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । मकवानपुरको गढी गाउँपालिका-१ फुलवारी बस्ने आफ्नै सासुआमा पर्ने ७० वर्षीया कान्छी माया भोम्जनलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा प्युठान घर भई हाल ससुराली बस्ने ३९ वर्षीय पदम बहादुर नेपालीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
नेपालीले धारिलो हतियार प्रहार गर्दा सासुआमाको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । यस घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया