बन्दीको मृत्यु

झिमरुक । जिल्ला कारागार प्युठानमा बन्दी रहेका एक वृद्धको मृत्यु भएको छ । कर्तव्य ज्यान मुद्दामा थुनामा रहेका ७२ वर्षीय खगिराम राम्जालीको प्युठान अस्पताल बिजुवारमा उपचारका क्रममा गए राति मुत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताए ।

खानापछि एक्कासि मुटु दुखेपछि राम्जालीलाई उपचारार्थ प्युठान अस्पताल बिजुवारमा पुर्याइएको थियो ।

स्वर्गद्वारी नगरपालिका वडा नं ३ स्थायी घर भएका राम्झाली कर्तव्य ज्यान मुद्दामा २०७२ साउन १७ कारागार चलान भएका थिए ।

उनीलाई १५ वर्षको सजाय सुनाइएको थियो । राम्झालीको शव परीक्षणपछि परिवारको जिम्मा लगाइने सूचना अधिकारी पौडेलले बताए। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?