बेलायत र स्पेनमा यस्तो छ कोरोना महामारीको पछिल्लो अवस्था

काठमाडौं । बेलायतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ४१ हजार १ सय २८ पुगेको छ । बितेको २४ घण्टामा १ हजार ३ जनामा कोरोना संक्रमण देखिएको र २ सय ४५ जनाको ज्यान गएको छ । यो समाचार तयार पार्दासम्म २ लाख ९० हजार १ सय ४३ जनामा कोरोना संक्रमण देखिएको छ । भने संक्रमितमध्ये ५ सय १६ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

स्पेनमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २७ हजार १ सय ३६ पुगेको छ । वल्डोमिटरको तथ्यांक अनुसार २ लाख ८९ हजार ७ सय ५५ जनामा कोरोना संक्रमण देखिएको छ । भने संक्रमितमध्ये ६ सय १७ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण ज्यान गुमाउनेको संख्या ४ लाख १५ हजार ८ सय १९ पुगेको छ । यो समाचार तयार पार्दासम्म विश्वभरका ७३ लाख ८९ हजार २ सय ८२ जनामा कोरोना संक्रमण देखिएको छ । भने संक्रमितमध्ये ३६ लाख ४३ हजार ४ सय ६९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । त्यस्तै हालसम्म ५३ हजार ९ सय २४ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?