विश्वमा कोरोना अपडेट : कुन देशमा कस्तो ? (विवरणसहित)

काठमाडौं । स्वास्थ्य क्षेत्रमा विश्वका लागि ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण विश्वमा यो समाचार तयार पार्दासम्म ४ लाख १४ हजार ३७८ जनाको मृत्यु भईसकेको छ भने ७३ लाख ५४ हजार ४१६ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ३६ लाख २९ हजार १०५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५४ हजार १४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

विश्वका २१३ वटा देशहरुमा आफ्नो प्रकोप फैलाईसकेको कोरोना भाइरसको महामारीका कारण अमेरिकामा १ लाख १४ हजार १६७ जनाको मृत्यु भईसकेको छ भने २० लाख ४६ हजार ७५ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ७ लाख ८८ हजार ८८५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १६ हजार ९५२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १९ जनाको मृत्यु भएको छ भने ५२६ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै ब्राजिलमा अहिलेसम्म ७ लाख ४२ हजार ८४ जनालाई संक्रमण भएको छ भने ३८ हजार ४९७ जनाको मृत्यु भएको छ ।

त्यस्तै ब्राजिलमा ३ लाख २५ हजार ६०२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै रुसमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ६ हजार ३५८ जनाको मृत्यु भईसकेको छ भने ४ लाख ९३ हजार ६५७ जनालाई संक्रमण भएको छ ।

त्यहाँ २ लाख ५२ हजार ७८३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २१६ जनाको मृत्यु भएको छ भने ८ हजार ४०४ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै स्पेनमा कोरोना भाइरसको महामारीका कारण २७ हजार १३६ जनाको मृत्यु भईसकेको छ भने २ लाख ८९ हजार ४६ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ६१७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै बेलायतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४० हजार ८८३ जनाको मृत्यु भईसकेको छ भने २ लाख ८९ हजार १४० जनालाई संक्रमण भएको छ । त्यहाँ ५१६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३४ हजार ४३ जनाको मृत्यु भईसकेको छ भने २ लाख ३५ हजार ५६१ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ६८ हजार ६४६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २६३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै फ्रान्समा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २९ हजार २९६ जनाको मृत्यु भईसकेको छ भने १ लाख ५४ हजार ५९१ जनालाई संक्रमण भएको छ । त्यहाँ ७१ हजार ५०६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ९५५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै जर्मनीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार ८३१ जनाको मृत्यु भएको छ भने १ लाख ८६ हजार ५१६ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ७० हजार २०० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५४० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै छिमेकी देश भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ७ हजार ७४५ जनाको मृत्यु भईसकेको छ भने २ लाख ७६ हजार ५८३ जनालाई संक्रमण भएको छ ।

भारतमा १ लाख ३५ हजार २०६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ८०३ जना नयाँ संक्रमित थपिएका छन् भने २६ जनाको मृत्यु भएको छ ।

त्यस्तै वर्ल्डोमिटरले जनाए अनुसार टर्कीमा कोरोना भाइरसको महामारीबाट ४ हजार ७२९ जनाको मृत्यु भईसकेको छ भने १ लाख ७२ हजार ११४ जनालाई संक्रमण भएको छ । त्यस्तै त्यहाँ १ लाख ४४ हजार ५९८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ६४२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै पेरुमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ५ हजार ७३८ जनाको मृत्यु भईसकेको छ भने २ लाख ३ हजार ७३६ जनालाई संक्रमण भएको छ । त्यहाँ ९२ हजार ९२९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार ७७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ईरानमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार ५०६ जनाको मृत्यु भईसकेको छ भने १ लाख ७७ हजार ९३८ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ४० हजार ५९० जना स्वस्थ्योपचार पछि निको भएका छन् भने २ हजार ६३९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ८१ जनाको मृत्यु भईसकेको छ भने २ हजार ११ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै क्यानडामा ७ हजार ८९७ जनाको मृत्यु भईसकेको छ भने ९६ हजार ६५३ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ५५ हजार ५७२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार ८४६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै मेक्सिकोमा कोरोना भाइरसको महामारीका काराण अहिलेसम्म १४ हजार ६४९ जनाको मृत्यु भईसकेको छ भने १ लाख २४ हजार ३०१ जनालाई संक्रमण भएको छ ।

त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै ५९६ जनाको मृत्यु भईसकेको छ भने ४ हजार १९९ जना नयाँ संक्रमित थपिएका छन् ।

मेक्सिकोमा ९० हजार ७४८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै चीनमा आज थप ३ जना नयाँ संक्रमित थपिएका छन् । चीनमा अहिलेसम्म ४ हजार ६३४ जनाको मृत्यु भएको छ भने ८३ हजार ४६ जनालाई संक्रमण भएको छ । त्यहाँ ७८ हजार ३५७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै पाकिस्तानमा अहिलेसम्म २ हजार २५५ जनाको मृत्यु भईसकेको छ भने १ लाख १३ हजार ७०२ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ३६ हजार ३०८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १११ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ५ हजार ३८५ जना नयाँ संक्रमित थपिएका छन् भने ८३ जनाको मृत्यु भएको छ ।

त्यस्तै बेल्जियममा अहिलेसम्म ९ हजार ६२९ जनाको मृत्यु भईसकेको छ भने ५९ हजार ५६९ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १६ हजार ३९२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १०२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १० जनाको मृत्यु भईसकेको छ भने १३२ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै नेदरल्याण्ड्समा अहिलेसम्म ६ हजार ४२ जनाको मृत्यु भएको छ भने ४८ हजार ८७ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ९२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यहाँ ११ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको छ भने १८४ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै स्विडेनमा ४ हजार ७९५ जनाको मृत्यु भईसकेको छ भने ४६ हजार ८१४ जनालाई संक्रमण भएको छ । त्यहाँ २८८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ७८ जनाको मृत्यु भईसकेको छ भने १९८ जना नयाँ संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टायता विश्वमा १ हजार ४०६ जनाको मृत्यु भएको छ भने ४२ हजार ८९२ जना नयाँ संक्रमित थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?