काठमाडौं । समाजसेवी एवम् सामाजिक अभियन्ता ताराबहादुर कुँवरले लकडाउनका कारण समस्यामा परेका नागरिकलाई आठौँ चरणको राहत वितरण गरेका छन् ।

उनले सोमबार आठौँ चरणको राहतस्वरुप चामल र दाल, तेल, चिनी, साबुनलगयतका सामग्री वितरण गरे ।
कुँवरले सोमवार शारीरिक अशक्त, वृद्धवृद्धा एकल महिला, सुत्केरी बिरामी लगायत कामविहिन मजदुरहरु गरी १ सय ५० परिवारलाई राहत वितरण गरेका हुन् । प्रत्येक परिवारलाई १०/१० के जि चामल र केहि परिवारलाइ दाल, नुन, तेल सहित उपहार प्रदान गरेको कुँवरले बताए ।

राहत वितरण कार्यक्रममा काठमाडौं ८ का प्रतिनिधि सभाका सांसद जीवनराम श्रेष्ठ, काठमाडौं महानगरपालिका १३ का वडाध्यक्ष ध्रुवनारायण मानन्धर, वडा सदस्य रामबाबु कोइराला लगायतको उपस्थिती रहेको थियो ।

सामाजिक अभियन्ता र व्यवसायी उनले समाजका हरेक क्रियाकलापमा चासो राख्दै समस्या परेका नागरिकलाई आफ्नो तर्फबाट सक्दो सहयोग गर्दै आइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया