नुवाकोटमा फेरी थपिए १ कोरोना संक्रमित

नुवाकोट । नुवाकोटमा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नुवाकोटका पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

उनका अनुसार शुक्रराज ट्रपिकल तथा राष्ट्रिय सरुवारोग अस्पताल टेकुमा गरिएको परीक्षणका क्रममा उनमा कोरोना पुष्टि भएको हो ।

यससँगै नुवाकोटमा ६ जनामा कोरोना संक्रमण फैलिएको छ । १ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने ५ जना उपचाररत रहेका छन् ।

नेपालमा आज मात्रै २ सय ८९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको छ । हालसम्म १५ जनाको कोरोनाको कारण ज्यान गएको र ६ सय ७४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?