काठमाडौं । भारतबाट आएर क्वारेन्टाइनमा बस्दै आएका अर्घाखाँचीका एक पुरुषको मृत्यु भएको छ ।
जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर ४ ब्याव्याडापाटाको सार्वजनिक आधारभूत विद्यालयको क्वारेन्टाइनमा १५ दिनयता बस्दै आएका ५७ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
उनको हिजो स्वास्थ्यमा समस्या भएपछि उपचारको लागि बुटवल लगिएको थियो । तर बुटबलमा गएपछि भने स्वास्थ्यमा केही सुधार आएका कारण अस्पतालमा भर्ना नगरी फर्काइएको बताइएको छ।
तर बुटवलबाट आज अर्घाखाँची आउँदै गर्दा उनको अर्घाखाँचीको शितगङगा नगरपालिकाको डोटे भन्ने स्थानमा एम्बुलेन्समै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका डिएसपी माधव बुढाथोकीले बताए ।
जेठ २३ गते उनको स्वाब संकलन गरी बुटवल पठाइएकोमा रिपोर्ट अझै आउन सकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया