बेलायतमा कोरोना मृत्यु हुनेको संख्या ४० हजार नाघ्यो

काठमाडौं – विश्वलाई आक्रान्त पारेको कोरोना भाइरस ‘कोभिड- १९’ को कारण बेलायतमा मृत्यु हुनेको संख्या ४० हजार नाघेको छ ।
गएको २४ घन्टाभित्र बेलायतको अस्पातालमा थप ३ सय ५७ जनाको कोरोना भाइरसका कारण निधन भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ ।

योसँगै बेलायतमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ४० हजार २ सय ६१ पुगेको छ ।

यसैगरी २४ घन्टामा थप १ हजार ६ सय ५० जनामा कोरोना पोजिटिभ देखिएको छ । हालसम्म बेलायतमा कोरोनाबाट २ लाख ८३ हजार ३ सय ११ जना संक्रमित भएका छन् ।

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना अपडेट :  ६८ जिल्लामा पुग्यो, तिव्र बढ्दै संक्रमण (प्रादेशीक विवरणसहित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?