नेपालमा कोरोना अपडेट : ६८ जिल्लामा पुग्यो, तिव्र बढ्दै संक्रमण (प्रादेशीक विवरणसहित)

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण दिनहुँ बढिरहेको छ । हालसम्म नेपालका ६८ जिल्लामा कोरोना भाइरस फैलिसकेको छ ।

स्वास्थ्य मन्त्रालयका पछिल्लो अपडेट अनुसार नेपालका ६८ जिल्लामा कोरोना भाइरस फैलिएको छ। आजमात्रै थप ३ जिल्लामा संक्रमण फैलिएको छ । गोरखा कास्की र हुम्लामा यो संक्रमण देखिएको हो । हालसम्म प्रदेश १ का १२ जिल्ला, प्रदेश २ का सबै ८ जिल्ला, वाग्मति प्रदेशका १२ जिल्ला, गण्डकी प्रदेशका ९ जिल्ला, प्रदेश ५ का ११ जिल्ला, कर्णालीका ७ जिल्ला, सुदुरपश्चिमका ९ जिल्लामा कोरोना भाइरस फैलिएको छ ।

मन्त्रालयका अनुसार कोरोना भाइरसको संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ ।

सुर्खेत पञ्चपुरीका २८ वर्षिय पुरुषको कोरोना भाइरस संक्रमणका कारण २२ गते नै मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जेठ ८ गते भारतबाट आई १४ दिन सम्म स्थानीय क्वारेन्टाइनमा बसी घर फर्किएका पुरुषको मृत्यु भएको बताए । उनको क्वारेन्टाइनमा आरडिटी परीक्षण गरी पोजेटिभ देखिएपछि घर पठाइएको तर घर पुगेकै दिन मृत्यु भएकोले पीसीआर प्रविधिबाट परीक्षण गर्दा कोरोना पोजेटीभ पाइएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

यस्तै पछिल्लो २४ घन्टामा २ सय ७८ जनामा कोरोना संक्रमण फेला परेको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९ सय १२ पुगेको छ । जसमध्ये २ हजार ७ सय १७ जना पुरुष र १ सय ९५ जना महिला रहेका छन् ।

मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार :

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरीएको परीक्षणमा सुनसरीका ८, झापाका १ र मोरङका ६ गरी कुल १५ जनाको संक्रमण फेला परेको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा अर्घाखाचीका १ जना, नवलपरासीका १ जना, पाल्पाका १ जना र रुपन्देहीका १८ जना गरी २२ जना,किटजन्य रोग अनुसन्धान तथा तालिमकेन्द्र प्रयोगशाला हेटौडामा गरिएको परीक्षणमा सिन्धुलिका २ जना र बाराका २ जना गरी ४ जना, गण्डकी प्रदेशमा रहेको प्रयोगशालामा गरिएको परीक्षणमा तनहुँका २ जना, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान धरानमा गरीएको परीक्षणमा भोजपुरका ५ जना, झापाका १ जना र सुनसरीका १३ जना गरि १९ जना, सेती अस्पतालमा गरिएको परीक्षणमा कैलालिका ४ जना, अछामका १ जना, बझाङका १ जना र डडेल्धुराका ५ जना गरी ११ जनामा कोरोना संक्रमण भएको पाइएको छ ।

त्यस्तै धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा रामेछापका १७ जना र काभ्रेका ५ जना गरी २२ जना, कोसी अस्पतालमा गरिएको परीक्षणमा झापाका १० जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दैलेखका ९० जना, जुम्लाका ३ जना, हुम्लाका १ जना, दोलखाका १ जना रामेछापका १ जना र गोरखाका १ जना गरी ९७ जनामा संक्रमण फेला परेको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरीएको परीक्षणमा सुर्खेतका १ र दाङका १ गरी २ जना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरीएको परीक्षणमा बाराका १ जना, धनुषाका ४ जना, गुल्मीका १ जना, कपिलवस्तुका ४४ जना, कास्कीका १ जना, महोत्तरीका १७ जना र रौतहटका ६ जना गरी ७४ जनामा कोरोना संक्रमण पोजेटिभ पाइएको छ ।

पछिल्लो २४ घण्टामा थप ४३ जना कोरोना संक्रमणमुक्त भई घर फर्किएका छन् । यससँगै अहिले सम्म संक्रमण भई निको हुनेको संख्या ३ सय ३३ पुगेका छन् ।

पछिल्लो २४ घण्टामा ४ हजार ४ सय ३२ पीसीआर प्रविधि र आरडिटी विधिबाट ७ हजार ४ सय २ जनाको परीक्षण भएको छ ।

अहिले सम्म ८८ हजार ३ सय ६६ पीसीआर परीक्षण भएको छ भने १ लाख २९ हजार ९ सय ६६ आरडिटी परीक्षण भएको छ ।

देशभर १ लाख ६६ हजार ७ सय ६५ जना क्वारेन्टाइनमा रहेका छन् ।

जसमध्ये प्रदेश नम्बर १ मा ४ हजार ५९ जना, प्रदेश २ मा २१ हजार ३ सय ६३, गण्डकी प्रदेशमा ३ हजार ५ सय ७७, गण्डकी प्रदेशमा ५ हजार ४ सय ४२ जना, प्रदेश ५ मा ४० हजार १ सय ४६, कर्णाली प्रदेशमा ३१ ह्जार ९ सय ५२ जना र सुदूरपश्चिम प्रदेशमा ६० हजार २ सय २६ जना क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै प्रदेश १ मा १ सय ६६, प्रदेश २ मा ८ सय ७१, बागमती प्रदेशमा ५०, गण्डकी प्रदेशमा ५४, प्रदेश ५ मा ८ सय ६९ जना, कर्णाली प्रदेशमा ४ सय ७५ र सुदूरपस्चिम प्रदेशमा ८३ जना गरी कुल २ हजार ५ सय ६८ जना आइसोलेसनमा रहेका छन् ।

कुन प्रदेशमा कति संक्रमित : 

अहिले सम्म प्रदेश १ का १२ जिल्लामा २ सय ४२ जना, प्रदेश २ का ८ जिल्लामा ९ सय ९३ जना, बागमती प्रदेशका १२ जिल्लामा ८५ जना, गण्डकी प्रदेशका ९ जिल्लामा ५७ जना, प्रदेश ५ को ११ जिललमा ९ सय ६५ जना, कर्णाली प्रदेशको ७ जिल्लामा ४ सय ७९ जना र सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा ९१ जनामा संक्रमण फेला परेको छ ।

यो पनि पढ्नुहोस् :

जानीराखौँ – कोरोना संक्रमणबारे नयाँ र बुझ्नै पर्ने कुरा (जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डेका सुझाव)

यो पनि 
‘अधिकांश कोरोना संक्रमितमा कोभिड–१९ को लक्षण छैन ! ’ 

‘लकडाउन’ परिमार्जन गरिँदै, असार १ गतेपछि लकडाउन खोल्ने ‘खाका’ यस्तो हुने 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?