कोरोना वार्डमा उपचाररत महिलाको मृत्यु, परीक्षणको रिपोर्ट आउन बाँकी

काठमाडौं । ललितपुरस्थित पाटन अस्पतालको कोभिड वार्डमा उपचाररत एक ६९ वर्षीया वृद्धाको मृत्यु भएको छ ।

स्वयम्भू घर भई पेप्सीकोलास्थित छोरीको घरमा बस्दै आएकी उनको उपचारका क्रममा आज (मंगलवार) विहान ६ बजे अस्पतालमै मृत्यु भएको बुझिएको छ ।

श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई अस्पतालको कोभिड उपचार कक्षमा राखेर उपचार गरिएको थियो ।

उनको कोभिड-१९ सँग मिल्दोजुल्दो लक्षण देखिएपछि अहिले स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाईएको छ ।

उनको कोरोना परीक्षण रिपोर्ट भने आउँन बाँकी रहेको श्रोतले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?