काठमाडौं – विश्वसामु स्वास्थ्य चुनौतिको रुपमा फैलिएको कोरोना भाइरस ‘कोभिड १९’ को संक्रमणबाट विश्वभर ३ लाख ७७ हजार ७ सय ८९ जनाले ज्यान गुमाईसकेका छन् ।
कोरोनाको कारण विश्वले मुर्धन्य व्यक्तित्व समेत गुमाएको छ ।
यसैबीच, कोरोना संक्रमणका कारण ४२ वर्षीय बलिउड संगीतकार वाजिद खानको निधन भएको केहि दिनमा उनकी आमालाई पनि कोरोनाको संक्रमण पुष्टि भएको छ।
स्वाब परीक्षणका क्रममा कोरोना पोजेटिभ आएपछि मुम्बईको सुराणा सेठिया अस्पतालमा उनको उपचार भइरहेको छ।
दुई वर्षअघि मृगौला प्रत्यारोपण गरिएका वाजिदको मिर्गौलामा संक्रमण देखिएपछि उपचारको क्रममा कोरोना पनि पुष्टि भएर उनको निधन भएको खबर उनको संक्रमित आमालाई भने सुनाईएको छैन ।
छोराको निधनको खबरले उनको मनोबल कमजोर हुनसक्ने कारणले उनलाई छोरा वाजिदको उपचार भइरहेको जानकारी मात्रै दिईएको छ ।
वाजिदकी आमालाई उनीभन्दा पहिला नै कोरोना संक्रमण भएपछि अस्पताल भर्ना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
वाजिदको आमाको स्वास्थ्यमा सुधार आइरहेको छ। उनलाई अस्पतालमा नै उपचार गराईरहेका कुनै विरामीबाट संक्रमण सरेको आशंका गरिएको छ। उनी हाल सो अस्पतालमा उपचाररत छिन् । -अन्तर्राष्ट्रिय सञ्चारमाध्यमबाट
यसअघि प्रकाशित यो समाचार पढ्नुहोस् :
बलिउडलाई अर्को शोक : संगीतकार वाजिद खानको निधन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया