सप्तरी । अवैध रुपमा ट्रक रोकेर पैसा मागी लिएर भाग्ने ६ जना पक्राउ परेका छन् ।
ना ४५ ख ६९७ नम्बरको बालुवा लोड गरेको ट्रक रोकेर अवैध रुपमा पैसा मागी लिएर भाग्ने ६ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो।
सुरुङगा नगरपालिका(३ स्थित चहाका खोलाबाटफर्कने क्रममा उनीहरुलेउक्त ट्रक रोकी चालकसँग पैसा मागेको र पैसा खुल्ला छैन भन्दा १० हजार रुपैयाँ लिई भागेको भन्ने खबर प्राप्त हुना साथ प्रहरी चौकी लक्ष्मीपुरबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनीहरूलाई ७ हजार रुपैयाँ सहित पक्राउ गरेको हो ।
उनीहरुलाई पक्राउ गरी यसबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया