कर्णालीमा एकैदिन ६३ जनामा कोरोना पुष्टि

काठमाडौं । नेपालको विकट मानिने कर्णाली प्रदेशमा शनिवार मात्र ६३ कोरोना संक्रमित थपिएका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा कर्णाली प्रदेशका विभिन्न ५ जिल्लाका ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेमा कालिकोटका १८, दैलेखका १८, बाजुराका १, सल्यानका २२ र सुर्खेतका ४ जनामा रहेका छन् ।

यससँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १२३ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?