काठमाडौं । पर्सामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि हुनेमा पर्सा पटेर्वा सुगौलीका २२ वर्षका २ जना ,२५ वर्षका २ जना र वर्ष ३६ का १ जना पुरूष गरी ५ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै आज दिउँसो मात्र पर्सा कसौनीका १८ वर्षीय पुरुष र ६० वर्षीया महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा आज मात्र थप १८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ४ सय १ पुगेको छ । पछि पर्सामा थपिएका थप ५ जनाको भने स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छैन् । साथै हालसम्म कोरोना उपचारपछि निको भएर घर फर्किनेको संख्या २ सय १९ पुगेको छ । भने ६ जनाको कोरोनाको कारण ज्यान गएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया