मारवाडी सेवा समितिद्वारा रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि निशुल्क वितरण

काठमाडौं । मारवाडी सेवा समिति नेपालले कोरोना संक्रमणसँग लढ्नको लागि रोग प्रतिरोधात्मक शक्ति वृद्धि गर्ने औषधि निशुल्क वितरण गर्न शुरु गरेको छ ।

समितिले वि.सं. २०१० देखि निरन्तर निःशुल्क होमियोपेथीक चिकित्सालय सञ्चालन गरेर आइरहेको जनाएको छ ।

समितिका अनुसार हाल चिकित्सालयबाट दैनिक करिब २०० जनाले सेवा लिइरहेका छन ।

कोरोनाको औषधि पत्ता नलागिसकेको अवस्थामा रोग प्रतिरोधात्मक क्षमता बढाउनु नै उचित विकल्पका रुपमा आयुर्वेदिक औषधिलाई उपयुक्त मानिएको छ । यसैक्रममा नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतको आयुर्वेदिक तथा वैकल्पिक चिकित्सा विभागले यही २०७७ साल वैशाख १५ गते होमियोपेथिक औषधि आर्सेनिक एल्बम ३० सी रोग प्रतिरोध गर्नमा उपयोगी छ भनी मान्यता दिएको छ ।

उपरोक्त औषधि वितरण सर्वसाधरणलाई फाइदा हुने राय दिनुभए अनुसार हाम्रो संस्था मारवाडी सेवा समिति नेपालले विगत १० दिनदेखि उपरोक्त औषधि निशुल्क वितरण गरिरहेको जनाएको छ ।

समितिका अनुसार उक्त औषधि होमियोपेथिक चिकित्सकहरुको निगरानी र रेखदेखमा प्याकिङ गरी करिब नौ लाख पचास हजार व्यक्तिलाई वितरण गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?