महेश बस्नेत- काठमाडौं । विश्वका अत्यन्तै शक्तिशाली वर्ग देखी अत्यन्तै कमजोर वर्ग सम्म आज एउटै युद्धको मोर्चामा छ त्यो युद्ध हो कोभिड १९ को युद्ध अर्थात कोरोना भाईरस विरुद्धको युद्ध ।
आँखाले देख्न नसकिने सुक्ष्म विषाणुसँगको लडाई भएको कारण यो लडाइ न त कुनै ठुला ठुला परमाणु बमको आविस्कारले प्रतिकार गर्न सक्यो, न त अन्य अत्याधुनिक हातहतियार नै काममा आयो । विश्व मानव समुदाय एउटै मोर्चामा उभिएर शुक्ष्म भाईरस बिरुद्धको लडाई लडीरहेको अवस्थामा सबै भन्दा महत्वपुर्ण हतियार धेरै मानिसले बिर्सिरहेका छन । त्यो हतियार हो सकारात्मक सोचको हतियार ।
यो हतियार नहुने मानिसहरुले यो युद्ध मा हार बेहोर्ने सम्भावना अत्याधिक देखिन्छ । सकारात्मक सोच र आत्मबलका साथ यो युद्धको सामना गर्नेहरु युद्ध जितिरहेका छन बाँकी हरिरहेका छन् । हुन त जुनसुकै युद्ध किन नहोस आत्मबल कमजोर भयो भने हार्ने निस्चित छ तर यो युद्धमा मानिसहरु बढि नै फुर्सदिलो भएकाले नकारात्मक सोच बिचारको सिकार बन्न सक्ने सम्भावना र आत्मबल कमजोर बन्न सक्ने सम्भावना अलि बढि देखिन्छ । अधिकांश मानिसहरुको महिनौ महिनाको अवधी योजना विहिन, तालिका विहिन र काम विहिन अर्को शव्दमा भन्ने हो भने अति अस्वस्थ समय व्यतित भईरहेको पाईन्छ । सामान्यतया एक मानिसको दिमागमा दैनिक ६० हजार बिचारहरु को यात्रा हुन्छ त्यसमा न्युन विचारहरु मात्र सकारात्मक हुन्छन् । अनि प्राय ति सकारात्मक विचारहरुको पनि यो समयमा हत्या गगरिरहेको पाइन्छ यसर्थ यो समयमा मानिसहरु नकारात्मक विचारबाट मात्र हैन रोगबाट नै पिडित भएको पाउनु स्वभाविक मान्न सकिन्छ । मानिसहरुमा यो समयमा भोलीको आशा हुँदैन, अरु माथिको भरोसा हुँदैन, विश्वास घटन थाल्छ, मनमुटाव बढ्न थाल्छ, शंका बढन थाल्छ अरुमा मात्र हैन, आफैमा पनि शँका गर्छन यो समयमा मानिसहरु । जब जब जीवनमा आशाहरु आफैले मार्न थालिन्छ अनि आफैले अनुमती पत्र दिए सो सरह हुन्छ अरुलाई हेप्नको लागि । अनि यो हेपाईमा रजाई गर्न सक्छ त्यो सुक्ष्म विषाणु भाईरसले पनि । अनि बिस्तारै मानिस कोरानाको सिकार मात्र हैन नकारात्मक सोच र कमजोर आत्मबल भएकाहरु त कोरोना सँग युद्ध हार्न पनि सक्छन ।
यदि यो समयमा मानिस नकारात्मक भयो भने कोरोना चाँहि सकारात्मक हुनसक्छ अर्थात ूऋयचयलब एयकष्तष्खभू आँउन सक्छ । आजको दुनियामा भौतिक शक्ति वा शक्तिशाली शरीरले मात्र युद्ध लडन सकिन्न भन्ने कुरा त कोभिड १९ को अहिलेको अवस्थाले प्रमाणित भई नै सक्यो । अबको लडाई मनस्थितीको लडाई हो परिस्थितीको हैन । तपाई जे सोच्नु हुन्छ ढुक्क हुनुस, परिणाम त्यहि आउने हो । तपाईले जित्छु भन्ने सोच्नु भयो भने जित्नु हुन्छ, हार मान्नु भयो भने त हार भन्दा अरु विकल्प नै रहेन । आजको समयमा मानिसहरु आफु उठदा उठेर बेडमै ढल्केर नकारात्मक समाचारहरुबाट आफ्नो दैनिकी शुरु गरिरहेका छन, स्वस्थ शरीरले खान नहुने खाना खाईरहेका छन, सोच्न नहुने विचार बोकिरहेका छन, गर्न नहुने संगत गरीरहेका छन यी सबै समस्या हुन, नकारात्मक सोचका उपज हुन र मेरो लेख पनि अहिले सम्मको सबै वाक्यहरु नकारात्मक हुन, अब शुरु गरौँ सम्भाबनाको नँया अध्याय ।
‘सकारात्मक सोेचको नँया युग: कोभिड १९ को युग’
संसारमा त्यस्तो कुनै समस्या छैन जसको समाधान नहोस । हामी मानिस प्राणी मात्र हैन, सर्वश्रेष्ठ प्राणी हौँ, हामी मानिसमा चेतना मात्र छैन क्षमता पनि छ । युग परिवर्तन गरेको छ त मानिसको क्षमता र आविश्कारले गरेको छ । पृथ्वीमा मात्र हैन, चन्द्रमा देखि मँगल ग्रह सम्ममा व्यवस्थित बस्ति बसाउने सोच र दीर्घकालिन योजना बनाएको छ त केवल मानिसको क्षमताले सम्भव भएको छ । विश्वका सकारात्मक समुहले चिन्ता गरेको छैन आज चिन्तन गरीरहेको छ र खोज गरिरहेको छ सम्भावनाहरुको ।
हरेक सकारात्मक मानिसहरु आज पनि आफ्नो मजबुत आत्मबल, बिश्वास र सकारात्मक सोचको साथ भोलीको सुन्दर दिनको परिकल्पनाका साथ अगाडि बढिरहेका छन् । हरेक सकारात्मक व्यक्ति आज पनि आफ्नो जिम्मेवारीमा अटल छन, दायित्वमा ईमान्दार छन, समाजमा मानवीय र सामाजिक छन अनि आफ्नो सपनामा अडिग र अझ बिश्वस्त छन । केहि मानिसहरु त यहि विषेश परिस्थितिमा आफ्नो सपनाको आकार झन ठुलो बनाईरहेका छन र त्यहि सपना माथि अझ विश्वासको लेभल थपिरहेका छन् ।
अझ भनौँ कोहि त यहि विषेश परिस्थितिलाई अवसर बनाईरहेका छन । यहि परिस्थितिको सदुपयोग गरिरहेका छन । यी सबैले यो कोभिड १९ को युद्ध त शत प्रतिशत जित्नेवाला नै छन साथमा आफु अझै सुधारिएर परिपक्क बन्नेवाला पनि छन् । प्रतिकुल परिस्थितीमा पनि शारीरिक रुपमा मात्र मजवदहरु भन्दा मानसिक रुपमा मजवुदहरुले बढि सफलता हाँसिल गरेको उदाहरणहरु प्रशस्तै छन । यो समयमा तपाई हाम्रो शारिरीक क्षमता भन्दा मानसिक क्षमता मजवुत र स्वस्थ हुन जरुरी छ ।
यो समयमा आफ्नो मानसिक खानाको डोज अलि बढाउन जरुरी हुन्छ । बिहान समयमा उठे देखि बेलुका समयमा नसुतुनजेलसम्म आफ्नो वरिपरिको वातावरण स्वस्थ राख्न जरुरी छ । जस्तै योग गर्ने, साधना गर्ने, भजन तथा प्रवचन सन्ने, गीत सँगीत सुन्ने, ज्ञान र क्षमताको बृद्धिमा किताबहरु पढ्ने, घरपरिवारमा रमाउने, आफु सँग भएका कुरामा खुसी हुन सिक्ने, आफ्ना बालबच्चाहरु सँग रमाउने, समाजमा अफ्ट्यारो परेका मानिस लगाएत अन्य प्राणीहरुलाई सकेको सहयोग गर्ने, केहि प्रगति उन्नती गरेका सफल र सकारात्मक व्यक्तित्वहरुसँग टेलिफोन वा अनलाईमा संवाद गर्ने, भविष्यको लागि योजना बनाउने, स्वस्थ शरीरलाई आवश्यक खानेकुराहरु मात्र खाने, सकारात्मक भिडियोहरु मात्र हेर्ने, आफ्नो र घरपरीवारको सरसफाईमा ध्यान दिने जस्ता क्रियाकलाप अहिलेको लागि कोरोना बिरुद्धका मुख्य औषधिहरु हुन ।
मानिस सामाजिक प्राणी पनि हो । सकारात्मक हुनु र सकारात्मक सन्देश समाजमा फैल्याउन मद्धत गर्नु भनेको पनि सामाजिक काम नै हो यसर्थ सकारात्मक सोच्नुस, स्वस्थ सोच्नुस र स्वस्थ खबर वा सन्देश मात्र समाजमा बाढ्नुस । हरेक अधेँरी रात पछि आउने भनेको सुनौलो बिहानी हो । त्यो शुभ र सुनौलो बिहानी आउने कुरामा पहिले आफु विस्वस्त हुनुस । यो भौतिक विश्व आज आराम गरीरहेको घडीमा तपाई भित्रको विश्वलाई मजबुत बनाउने जुन समय र सु अवसर प्राप्त भएको छ त्यसको भरपुर सदुपयोग गर्नुस अनि अबको केहि समय पछि नै सारा विश्व चलायमान हुनेछ अनि तपाँई अझै उर्जावान भएर अगाडी बढिरहेको हुनुहुनेछ । तपाईको दुरदृष्टिमा र गन्तव्यमा तपाई सफल बन्नु हुनेछ । सर्वश्रेष्ठ प्राणीहरु मध्येमा पनि तपाई सकारात्मक मानिस भएकै कारण तपाईको जित सुनिस्चित हुनेछ । हामी विजेताहरुको भेट सुनौलो बिहानीमा हुनेछ, अगाडीको सफलताको शिखरमा हुनेछ अनि सकारात्मक सोच र आत्मबलले सुसज्जित समुहमा मात्र हुनेछ ।
जय होस,
समाजको जय होस,
हामी सबैको जय होस,
विश्व ब्रमाण्डको जय होस,
सकारात्मक सोचको जय होस ।।।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया