काठमाडौं । महानगरीय प्रहरी वृत्त कालिमाटी र त्यस आसपास सुरक्षामा खटिएका २१६ प्रहरीको कोरोना परीक्षणको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।
सुरक्षाको अग्रमोर्चामा खटिएका २३१ जनाको पीसीआर परीक्षण गरिएको थियो । तीमध्ये २१६ जनाको रिपोर्ट नेगेटिभ आएको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार उनीहरुमध्ये धेरै जसो भने काममा फर्किसकेका छन् ।
त्यहाँ कार्यरत प्रहरी सहायक निरीक्षक र प्रहरी नायब निरीक्षकमा कोरोना पुष्टि भइ जोखिम थपिएकाले अन्यको पनि कोरोना परीक्षण गरिएको थियो । कोभिड–१९ सङ्क्रमण भएका दुई प्रहरीको दुवै परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि ‘डिस्चार्ज’ भएका छन्।
साथै सो क्षेत्रमा खटिने ५१ जना ट्राफिक प्रहरीको समेत परीक्षण भएको थियो।
सुरक्षाको अग्रमोर्चामा खटिने हालसम्म देशभर २० प्रहरीलाई कोरोना संक्रमण देखिएको छ। उनीहरुमध्ये धेरैको उपचार भइरहेको छ । भने उपचारपछि रिपोर्ट नेगेटिभ आएकाहरुलाई होम क्वारेन्टाइनमा राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया