दैलेखका थप १४ जनामा कोरोना संक्रमण

काठमाडौं । दैलेखका थप १४ जनामा कोरोना संक्रमण देखिएको छ ।

शुक्रवार गरिएको परीक्षणको क्रममा कोरोना संक्रमण पुष्टि हुनेमा सबै नारायण नगरपालिकाको रहेका स्रोतले जनाएको छ । स्रोतका अनुसार संक्रमति हुनेमा सबैजना पुरुष रहेका छन् ।

योसँगै नेपालमा १ हजार २ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा आजै (शुक्रबार) मात्र १ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए । साँझ थपिएका १४ जनाको भने मन्त्रालयले प्रमाणित गरेको छैन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?