काठमाडौं । सैनिक हवाई महानिर्देशनालय गौचरमा कार्यरत रहँदा भ्रष्टाचार गरेको अभियोगमा समरी जनरल सैनिक अदालतले एक अवकाश प्राप्त पाइलट उपरथीलाई कारबाही गरेको छ ।
महानिर्देशनालयका तत्कालिन महानिर्देशक पाइलट उपरथी सुधिर श्रेष्ठलाई सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसूर गरेको ठहर गर्दै अदालतले नसिहत र अन्ठाउन्न लाख पन्चानव्वे हजार पाँचसय नब्बे रुपैयाँ उनान्साठ्ठी पैसा जरिवानाको फैसला गरेको हो।
यस्तै सोही मुद्धामा अन्य ८ जना अधिकृतहरुले आफूलाई प्राप्त जिम्मेवारिलाई प्रभावकारी रुपमा सम्पादन नगरेको ठहर गरि सचेत गराउने गरी फैसला भएको सेनाले जनाएको छ ।
साथै थप एक अधिकृत र अन्यदर्जाका ९ जनालाई अभियोग मागदावीबाट सफाई पाउने गरी ठहर फैसला भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया