काठमाडौं । नेपालका कुल ७७ वटा जिल्ला मध्ये ५२ वटा जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।
४ महिनाको अवधिमा सातै वटा प्रदेशमा कोरोना संक्रमणको प्रकोप फैलिएको छ ।
नेपालमा आज (शुक्रवार) एकैपटक १७० जना नयाँ कोरोना संक्रमित थपिएसँगै नेपालमा कुल संक्रमितको संख्या १ हजार २१२ पुगेको छ ।
साथै नेपालमा अहिलेसम्म २०६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ६ जनाको मृत्यु भएको छ ।
यी हुन् नेपालमा अहिलेसम्म कोरोना संक्रमित भेटिएका ५२ जिल्लाहरूको विवरणः
पर्सा १००
रुपन्देही ४५
उदयपुर ३३
कपिलवस्तु १६०
बाँके १८१
काठमाडौं १८
धादिङ २
कैलाली ११
बारा ५०
धनुषा ४२
रौतहट १८३
बागलुङ ८
चितवन ६
झापा १०६
महोत्तरी २२
भक्तपुर ४
बर्दिया १०
भोजपुर १
कञ्चनपुर १
नवलपरासी (पश्चिम) ६
सप्तरी ३३
सर्लाही ४५
नवलपरासी (पूर्व) ५
मकवानपुर ५
दाङ २२
काभ्रे १
सिरहा १४
सिन्धुपाल्चोक १
मोरङ ६
धनकुटा ७
गुल्मी ४
खोटाङ १
दैलेख १६
सुनसरी ३
ललितपुर १
लमजुङ १
रामेछाप १
सिन्धुली १
डडेलधुरा १
बैतडी ५
सुर्खेत २८
नुवाकोट १
अछाम २
अर्घाखाँची ३
जुम्ला २
स्याङ्जा ५
रुकुम पूर्व ३
सोलुखुम्बु १
दार्चुला १
बझाङ १
दोलखा २
म्याग्दी १
जम्मा १ हजार २१२
आज सम्मको विवरण हेर्दा गत वर्षको माघ ९ गतेदेखि यस वर्षको आजसम्म १ हजार २१२ जनालाई संक्रमण पुष्टि भएको छ ।
नेपालमा देखिएको पहिलो केसको स्वाब परीक्षणका लागि हङकङ पठाइएकोमा अहिले भने स्वास्थ्य सामाग्रीहरु ल्याइएपछि नेपालमै परीक्षण हुन थालेको हो ।
परीक्षणको दायरा बढाउने बित्तिकै संक्रमित धमाधम थपिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया