काठमाडौं । नेपालमा आज (शुक्रवार) थप १७० जनालाई कोरोना संक्रमण भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ हजार २१२ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नेपालमा आज १७० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
उनका अनुसार आज थपिएका संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।
अहिलेसम्म नेपालमा कोरोना संक्रमणका कारण ५ जनाको मृत्यु भईसकेको छ भने २०६ जना उपचार पछि निको भएका छन् ।
आज मात्रै थप १९ जना संक्रमित कोरोनालाई जितेर घर फर्किएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया