गुलरीया । राजापुर नगरपालिकाका कोरोना भाइरस संक्रमित तीन जनालाई स्थानीय आइसोलेसनमा राखेर उपचार गरिने भएको छ ।
नगरपालिकाले वडा नं ४ मा अमर शहीद दशरथ चन्द आधारभूत माविमा कोरोना भाइरस संक्रमितको उपचारका लागि निर्माण गरेको १२ शैयाको आइसोलेशनमा राखेर तिनलाई उपचार गरिने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गणेश अर्यालले बताए।
प्राथमिक स्वास्थ्य केन्द्र राजापुरका एक र प्रदेश नंं ५ सरकारले पठाएको एक चिकित्सकसहितले संक्रमतिको उपचार गर्ने व्यवस्था मिलाइएको नगरपालिकाका उपप्रमुख मनकला चौधरीले बताइन्।
राजापुर –९ बनियापुरका ३० वर्षीय पुरुष, ७ का ३४ वर्षीय पुरुष र ६ महुवाका २९ वर्षीय पुरुष संक्रमित छन् ।
संक्रमित सबै १२ दिनअघि भारतबाट आई सो माविको क्वारेन्टाइनमा बसेका थिए । यसअघि राजापुर– ५ की ११ वर्षीया बालिकामा कोरोना भाइरस संक्रमण भएकामा बाँकेको खजुरामा उपचार भएर स्वस्थ्य भई भनी बुधवार उनी घर फर्किसकेकी छन् । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया