रुकुमपूर्व । रुकुम (पूर्व) का तीन कोरोना सङ्क्रमितलाई उपचारका लागि दाङ पठाइएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा बुधवार गरिएको कोरोना परीक्षणमा तिनलाई संक्रमणको पुष्टि भएको थियो ।
उनीहरुलाई उपचारका लागि बेलझुण्डी पठाइएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी एवम् सहायक प्रमुख जिल्ला अधिकारी अञ्जु पोखरेलले जानकारी दिइन् ।
होम क्वारेन्टिनमा बसेका एक र पुथाउत्तरगंगा गाउँपालिकाको सिद्धमण्डली मावि राङ्सीको क्वारेन्टिनमा रहेका दुई जनामा कोरोना पुष्टि भएको थियो ।
कोरोना पुष्टि हुनेमा गाउँपालिकाका १३ का २३ वर्षीय पुरुष तथा १४ का १५ वर्षीया महिला र १८ वर्षीय पुरुष छन् ।
तेइस वर्षीय पुरुष गत चैत ६ गते मलेसियाबाट आएका हुन् भने अन्य दुई जना यसै महिना बाराबाट आएका हुन् । जिल्लाभरबाट ५७ जनाको स्वाब संकलन गरी परीक्षण गरिएको थियो । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया