सीमा विवादपछि मोदीले प्रम ओलीसँग टेलिफोनमा कुरा गर्न मानेनन्

लोकपथ संवाददाता
0
Shares
प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी । फाइल तस्बिर

नेपाली भू्मि समेटेर नक्सामा सार्वजनिक गर्ने मात्र होइन अतिक्रमित भूमिमा सडक खनेर उद्घाटन गर्ने भारतले नेपालसँगको वार्ता टार्दै आएको छ ।
परराष्ट्रमन्त्रीस्तरीय वार्ता टार्दै आएको भारतले प्रधानमन्त्रीस्तरको वार्तापनि टारेको छ । जवकी, लिम्पियाधुरासम्मको भूमि दावी पुष्टि हुने गरी प्रमाण जुटाएको नेपालले वार्ताका लागि निरन्तर प्रयास गर्दै आएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन वार्ता गर्न खोजेको प्रयास सफल हुन नसकेको खुलासा गरेका छन् । भारतले अतिक्रमण गरेको नेपाली भूमि समेटेर नक्सा सार्वजनिक गरेपछि भारतीय समकक्षीसँग संवाद गर्न खोजेपनि प्रयास सफल हुन नसकेको खुलासा ओलीले सर्वदलीय बैठकमा गरेको खबर आजको नयाँ पत्रिकामा छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?