कोरोना अपडेट: यस्तो छ विश्वमा कोरोनाको पछिल्लो अवस्था

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण विश्वभर ३ लाख ५४ हजार ८ सय ८४ जनाको ज्यान गएको छ । यो समाचार तयार पार्दासम्म विश्वका ५७ लाख ४३ हजार २ सय ४५ जनामा कोरोना संक्रमण देखिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । भने संक्रमित मध्ये ५३ हजार ६८ जनाको अवस्था गम्भीर रहेको छ । त्यस्तै २४ लाख ७० हजार ८ सय ३६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।

संयुक्त राज्य अमेरिकामा हालसम्म कोरोनाको कारण मृत्यु हुनेको संख्या १ लाख १ हजार नाघेको छ । यो समाचार तयार पार्दासम्म त्यहाँ कोरोनाको कारण १ लाख १ हजार ३ सय ५९ जना मानिसको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा १० हजार ४८ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या १७ लाख ३५ हजार ३ सय २३ पुगेको छ । हालसम्म ४ लाख ८१ हजार ९ सय ८८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । वल्डोमिटरको तथ्यांक अनुसार संक्रमित मध्ये १७ हजार १ सय ५८ जनाको अवस्था गम्भीर रहेको छ । भने बितेको २४ घण्टामा मात्र कोरोनाको कारण अमेरिकामा ७ सय ८७ जनाको ज्यान गइसकेको छ ।

अमेरिकाको न्यूयोर्कमा मात्र कोरोनाको कारण हालसम्म २९ हजार ४ सय ५१ जनाको ज्यान गइसकेको छ । भने ३ लाख ७३ हजार ६ सय २२ जना कोरोना संक्रमणको शिकार भएका छन् ।

त्यस्तै ब्राजिलमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउको संख्या २४ हजार ७ सय ४६ पुगेको छ । यो समाचार तयार पार्दासम्म ३ लाख ९६ हजार १ सय ६६ जनामा कोरोना पुष्टि भइसकेको छन् भने बितेको २४ घण्टामा मात्र कोरोनाको कारण १ सय ९७ जनाको ज्यान गइसकेको छ । त्यस्तै हालसम्म त्यहाँ १ लाख ५८ हजार ९ सय ९३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । साथै संक्रमित मध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ । भने बितेको २४ घण्टामा मात्र त्यहाँ ३ हजार ८ सय ६ जना कोरोना संक्रमणको शिकार भएका छन् ।

रसियामा बितेको २४ घण्टामा ८ हजार ३ सय ८८ जना मानिसमा कोरोना संक्रमण फैलिएको छ । यो समाचार तयार पार्दासम्म त्यहाँ कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३ हजार ९ सय ६८ पुगेको छ भने ३ लाख ७० हजार ६ सय ८० जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म त्यहाँ १ लाख ४२ हजार २ सय ८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । बितेको २४ घण्टामा १ सय ६१ जनाको ज्यान गएको संक्रमितमध्ये २ हजार ३ सय मानिसको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

त्यस्तै स्पेनमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २७ हजार १ सय १७ पुगेको छ । यो समाचार तयार पार्दासम्म स्पेनमा २ लाख ८३ हजार ३ सय ३९ जनामा कोरोना संक्रमण देखिएको छ । भने हालसम्म १ लाख ९६ हजार ९ सय ५८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।

त्यस्तै हालसम्म बेलायतमा २ लाख ६७ हजार २ सय ४० जना मानिसमा कोरोना संक्रमण देखिएको छ । बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ४ सय १२ जनाले ज्यान गुमाएको र २ हजार बढी मानिसमा कोरोना संक्रमण देखिएको छ । वल्डोमिटरको तथ्यांक अनुसार हालसम्म ३७ हजार ४ सय ६० जनाको कोरोनाको कारण ज्यान गइसकेको छ भने संक्रमित मध्ये १ हजार ५ सय ५९ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै इटालीमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३३ हजार ७२ पुगेको छ । बितेको २४ घण्टामा ५ सय ८४ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या २ लाख ३१ हजार १ सय ३९ पुगेको छ । हालसम्म १ लाख ४७ हजार १ सय १ जना मानिस कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने बितेको २४ घण्टामा १ सय १७ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

त्यस्तै फ्रान्समा हालसम्म कोरोनाको कारण २८ हजार ५ सय ३० जनाको कोरोनाको कारण ज्यान गएको छ । यो समाचार तयार पार्दासम्म त्यहाँ १ लाख ८२ हजार ७ सय २२ जनामा कोरोना संक्रमण देखिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । हालसम्म ६५ हजार ८ सय ७९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको अवस्थामा १ हजार ५ सय ५५ जनाको अवस्था गम्भीर रहेको छ ।

छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ४ हजार ५ सय २८ पुगेको छ । बितेको २४ घण्टामा ७ हजार १ सय ४२ जनामा कोरोना संक्रमण फैलिएसँगै कुल संक्रमितको संख्या १ लाख ५७ हजार ९ सय ५३ पुगेको छ । त्यस्तै हालसम्म १ लाख ११ हजार १ सय ७६ जना मानिस कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको कोरोनाको कारण अवस्था गम्भीर रहेको छ । भने बितेको २४ घण्टामा मात्र १ सय ८४ जनाले ज्यान गुमाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?