विश्वमा महामारीको पछिल्लो अवस्था : कुन देशमा कति पुगे संक्रमित र मृतक ?

काठमाडौं । विश्वका लागि स्वास्थ्य क्षेत्रमा ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म विश्वमा ३ लाख ४३ हजार ९८३ जनाको मृत्यु भईसकेको छ भने ५४ लाख ५ हजार १८६ जनालाई संक्रमण भएको छ ।

त्यस्तै २२ लाख ४७ हजार ३४५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५३ हजार ५६० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै अमेरिकामा कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म ९८ हजार ६८३ जनाको मृत्यु भईसकेको छ भने १६ लाख ६६ हजार ८२८ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ४ लाख ४६ हजार ९१४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १७ हजार १३३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै स्पेनमा अहिलेसम्म २८ हजार ६७८ जनाको मृत्यु भईसकेको छ भने २ लाख ८२ हजार ३७० जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ९६ हजार ९५८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार १५२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै बेलायतमा यो समाचार तयार पार्दासम्म ३६ हजार ६७५ जनाको मृत्यु भईसकेको छ भने २ लाख ५४७ हजार १५४ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ हजार ५५९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै रुसमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३ हजार ३८८ जनाको मृत्यु भएको छ भने ३ लाख ३५ हजार ८८२ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ७ हजार ९३६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३२ हजार ७३५ जनाको मृत्यु भईसकेको छ भने २ लाख २९ हजार ३२७ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ३८ हजार ८४० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५७२ जनाको सवास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै फ्रान्समा कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म २८ हजार ३३२ जनाको मृत्यु भईसकेको छ भने १ लाख ८२ हजार ४६९ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ६४ हजार ५४७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार ६६५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै जर्मनीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार ३६६ जनाको मृत्यु भएको छ भने १ लाख ७९ हजार ९८६ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ५९ हजार ९०० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ९१९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ब्राजिलमा अहिलेसम्म महामारीका कारण २२ हजार १६५ जनाको मृत्यु भईसकेको छ भने ३ लाख ४९ हजार ११३ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ४२ हजार ५८७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा मात्र त्यहाँ १५२ जनाको मृत्यु भएको छ भने १ हजार ७१५ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै टर्कीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४ हजार ३०८ जनाको मृत्यु भईसकेको छ भने १ लाख ५५ हजार ६८६ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख १७ हजार ६०२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ७७५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ईरानमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ७ हजार ३५९ जनाको मृत्यु भईसकेको छ भने १ लाख ३३ हजार ५२१ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ४ हजार ७२ जना स्वाथ्योपचार पछि निको भएका छन् भने २ हजार ६३३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै चीनमा बितेको २४ घण्टामा ३ जना संक्रमित थपिएका छन्। अहिलेसम्म चीनमा ८३ हजार ४ जनालाई संक्रमण भएको छ भने ४ हजार ६३४ जनाको मृत्यु भईसकेको छ ।

त्यहाँ ७८ हजार २६१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३ हजार ८६९ जनाको मृत्यु भईसकेको छ भने १ लाख ३१ हजार ९२० जनालाई संक्रमण भएको छ ।

अहिलेसम्म भारतमा ५४ हजार ४४१ जना स्वास्थ्योपचार पछि निको भएका छन् । त्यहाँ आज मात्रै थप १ जनाको मृत्यु भईसकेको छ भने ४९७ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै क्यानडामा अहिलेसम्म महामारीबाट ६ हजार ३५५ जनाको मृत्यु भईसकेको छ भने ८३ हजार ६२१ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ४३ हजार ३०५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५०२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै पेरुमा कोरोना भाइरसको महामारीका कारण ३ हजार ३७३ जनाको मृत्यु भईसकेको छ भने १ लाख १५ हजार ७५४ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ४७ हजार ९१५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ९०९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै बेल्जियममा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ९ हजार २३७ जनाको मृत्यु भईसकेको छ भने ५६ हजार ८१० जनालाई संक्रमण भएको छ ।

त्यहाँ १५ हजार १५५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २५९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै नेदरल्याण्ड्समा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ५ हजार ८११ जनाको मृत्यु भईसकेको छ भने ४५ हजार ६४ जनालाई संक्रमण भएको छ ।त्यहाँ २५२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै मेक्सिकोमा आज मात्रै ३ हजार ३२९ जना नयाँ संक्रमित थपिएका छन् भने आजै १९० जनाको मृत्यु भईसकेको छ ।

त्यस्तै त्यहाँ ६५ हजार ८५६ जनालाई संक्रमण भएको छ भने ७ हजार १७९ जनाको मृत्यु भईसकेको छ ।

त्यहाँ ४४ हजार ९१९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै पाकिस्तानमा अहिलेसम्म १ हजार १०१ जनाको मृत्यु भईसकेको छ भने ५२ हजार ४३७ जनालाई संक्रमण भएको छ ।

पाकिस्तानमा १६ हजार ६५३ जना उपचार पछि निको भएका छन् भने १११ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

विश्वमा बितेको २४ घण्टा यता मात्रै यो समाचार तयार पार्दासम्म ३७५ जनाको मृत्यु भईसकेको छ भने ७ हजार २३६ जना नयाँ संक्रमित थपिएका छन् ।

यसैबीच नेपालमा पनि यो समाचार तयार पार्दासम्म कोरोना भाइरसबाट संक्रमितको जम्मा संख्या ५८४ पुगेको छ भने ७० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?