विश्वभर २२ लाख २३ हजार बढीले जिते कोरोना

काठमाडौं । विश्वभर कोरोनाभाइरस संक्रमण भएकामध्ये २२ लाख २३ हजार बढी निको भएका छन् । शनिबारसम्म २२ लाख २३ हजार ५७४ जना कोरोना निको भएर घर फर्किएको वर्ल्डोमिटरको तथ्यांकमा उल्लेख छ ।
यसैगरी हालसम्म ३ लाख ४२ हजार ३३९ जजनाको मृत्यु भइसकेको छ ।
हालसम्म विश्वभर ५३ लाख ६७ हजार बढीमा यो भाइरसको संक्रमण देखिएको छ । २८ लाख बढी अझैपनि संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?