माटोको ढिस्कोले पुर्दा १ जनाको मृत्यु, २ जना घाइते

घोडाघोडी । माटोको ढिस्कोले पुरिएर कैलालीमा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

घर नजिकैको जङ्गलमा माटो लिन जाँदा बर्दगोरिया गाउँपालिका–३ रानिकुण्डाका ३६ वर्षीया डम्मरा खत्रीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बौनियाका प्रहरी निरीक्षक अनीश भण्डारीले जानकारी दिए । ढिस्कोले पुरिँदा सोही ठाउँका १९ वर्षीया कल्पना खड्का र नौ वर्षीय सुनिल ढुङ्गाना घाइते भएका प्रहरीले जानकारी दिएको छ ।

घाइतेको घोडाघोडी नगरपालिका–१ सुखडमा रहेको घोडाघोडी अस्पतालमा उपचार भइरहेको र शव परीक्षणका लागि टीकापुर पठाइएको प्रहरी निरीक्षक भण्डारीले जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?